मरेपछी पनि बिहे हुन्छ र? भनेर जो कोही पनि चकित हुनसक्छ / तर दोलखा जिल्लामा अबस्थित थामी जातिमा मरेपछी विवाह गर्ने चलन परम्परादेखी चलीआएको छ / जीवित सम्पादाको रुपमा रहेका थामी जाती आफ्नै परम्परा र सस्कृति अगालेका छन / थामी जातिका मानिसको मरिसकेपछी विवाह गर्नु सामाजिक परम्परा हो / थामी जातिमा आफ्नो बाबु तथा पुस्तामा कसैले विवाह नगरी मरेका रहेछन भने उनिहरुको छोरा नातिले विवाह गरिदिनु पर्ने परम्परा रहेको छ / कसैले बिहे गर्न लागेको छ भने आफ्नो पुस्ताको विवाह भएको छ, छैन हेरेर यदी छैन भने विवाह गरिदिएपछी मात्र आफ्नो विवाह गर्न पाउने सामाजिक मान्यता छ / यदी आफ्नो पुस्तामध्ये कसैको विवाह भएको छैन भने अर्को पुस्ताले विवाह गर्न मिल्दैन /
पूर्ण लेख पढ्नुहोस्
Posted by Badri Shrestha at 1:25 PM
साभार: मेरो दोलखा
Monday, August 23, 2010
सुँगुर छोएमा भूमे देवता रिसाएर अंगभंग हुन्छ भन्ने 'थामी'
नेपालका अल्पसंख्यक र पछौटेपनमा रहेको जातिमध्ये थामी जाति पनि पर्ने गर्दछ । थामी जातिका बारेमा जानकारी हासिल गर्न मैले सुनसरी इटहरीका स्थायीबासी नरबहादुर थामीलाई केही कुराहरु सोधेको थिए । उनका अनुसार थामी जातिहरुको उत्पत्तिबारे किटानसाथ भन्न सकिदैन् । स्थान र व्यक्तिअनुसार उनिहरुका परिभाषा पनि फरक रहेका छन् । किम्बदन्तीअनुसार थामीहरु ठिमीका बासिन्दा भएको मानिन्छ । ठिमीबाटै एक भाइ पूर्वतिर गएर राई र लिम्बुका पूर्खा भएको तथा उनिहरु पुनः फर्केर आई पर्वत गएमा जग्गा जमिन प्रशस्त पाइन्छ भन्ने कुराको आधारमा अरु दाजु भाइलाई पनि पर्वत लैजान प्रयास गर्दा ति दाजुभाइले तिमीहरु जाओ हामी यहि थामिन्छौं भन्ने जवाफ दिएका कारण यिनीहरुलाई थामी जाति भनिएको हो । थामी जातिहरुको प्रमुख बसोबासस्थल भनेको पूर्वी नेपालको सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लाहरु हुन् । हाल आएर थामीहरु सुनसरीको इटहरी, रामपुर, धरान, मोरङ्गको बिराटनगर, झापाको दमक लगायतका क्षेत्रहरुमा फाट्टफुट्ट रुपमा बसोबास बसोबास गरेको पाइन्छ । पूर्ण लेख पढ्नुहोस्
Posted by राजेश नतांश at Monday, June 22, 2009
साभार: अनलाइन खसखस
Posted by राजेश नतांश at Monday, June 22, 2009
साभार: अनलाइन खसखस
Subscribe to:
Comments (Atom)